धनुषमा एक प्राध्यापकको हत्या

११ असोज । जनकपुरमा एक प्राध्यापकको गोली हानी हत्या भएको छ ।

जनक हजारी विद्यापीठ र धनुषा साइन्स क्याम्पसका प्राध्यापक सत्यनारायण्ँ गडेरीको गोली हानी हत्या गरेको अवस्थामा शुक्रबार विहान शव फेला परेको हो ।
सिरहा अर्नमाका स्थायी बासिन्दा ५० वर्षीय गडेरीको शव शुक्रबार बिहान धनुषाको कुर्था–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गडेरीको छातीको दायाँमा भागमा गोली लागेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...