निर्वाचन तयारीका विषयमा छलफल

२ असोज । सरकारले आसन्न संविधानसभा चुनावको तयारीका विषयमा निर्वाचन आयोगसँग छलफल गरेको छ ।

मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी निवास बालुवाटारमा बुधबार विहान सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचन तयारीका विषयमा छलफल भएको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले तोकिएकै समयमा चुनाव गराउन आयोगले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिनुभएको छ । छलफलपछि सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले तोकिएकै समयमा चुनाव हुने बताउनुभयो ।
मन्त्री पौडेलले मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारले केन्द्रिय सुरक्षा योजना तयार पारिसकेको बताउनुभयो । छलफलमा मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधवप्रसाद घिमिरे र सञ्चारमन्त्री पौडेल सहभागी थिए भने निर्वाचन आयोगवाट प्रमुख निर्वाचन आयुक्त उप्रेतीसहित अन्य आयुक्तहरुको सहभागिता थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...