अधिकारी दम्पतीको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका नेता अस्पतालमा

२२ भदौ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेका अधिकारी दम्पतीको स्वास्थ्य स्थिति बुझ्न विभिन्न राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरु विर अस्पताल पुगेका छन् ।

लामो समयदेखि हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेका अधिकारी दम्पतीको स्वास्थ्य थप विग्रिएपछि उनीहरुलाई भेट्न विर अस्पतालमा एमाले नेता केपी शर्मा ओली, काठमाडौं प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमलगायत पुगेका थिए । स्वास्थ्य अवस्थाबारे जानकारि लिएपछि एमाले नेता ओलीले अधिकारी दम्पतीको माग सुनुवाई गरी तत्कार जीवन रक्षा गर्न माग गर्नुभयो ।
नेता ओलीले हत्या आरोपीलाई पैक्राउ गरिएको विषयमा एमाओवादीले गरेको व्यवहार मानव अधिकार हनन् र बाच्न पाउने हक विरुद्ध भएको बताउनुभयो । अधिकारी दम्पतीको माग द्वन्द्वकालीन नभएको भन्दै नेता ओलीले दोषिलाई तत्काल बारबाही गर्नु माओवादी तथा सरकारसंग आग्रह पनि गर्नुभयो ।

नेता ओलीले अधिकारी दम्पतीको मागको विषयमा सबै पक्ष जिम्मेवार हुनुपर्ने समेत बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...