सहमति विपरित कुनै पनि हालतमा चुनाव हुन दिँदैनौ: चन्द

१९ भदौ । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्दले मंसिर ४ गते घोषणा गरिएको संविधानसभा चुनाव कुनै हालतमा हुन नदिने चेतावनी दिनुभएको छ ।

सुनसरीको धरानमा भएको युवा मार्चपासपछिको सभालाई सम्बोधन गर्दै सचिव चन्दले घोषित चुनावलाई युद्धको घोषणाको सज्ञा दिदै चुनाव असफल पर्ने चेतावनी दिनुभएको हो ।

उहाले सहमति विना गरिने चुनाव कुनैपनि हालतमा मान्य नहुने भन्दै जबरजस्ती गर्न खोजिए सशक्त प्रतिरोधमा उत्रने दावी गर्नुभयो ।सचिव चन्दले सहमति विना संविधान सभाको चुनाव गर्ने दिवासपना त्याग्न चार दललाई आग्रह गर्नुभयो । मार्चपासमा सहभागी युवाहरुले चुनाव र चार दलविरुद्ध चर्काे नारावाजी गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...