अफगानिस्तानले सेमीफाइनल प्रवेशको सम्भावना बलियो बनायो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अफगानिस्तानले सेमीफाइनल प्रवेशको सम्भावना बलियो बनायो

Share This
१९ भदौ । जारी आठौँ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत अफगानिस्तानले सेमिफाइनलमा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा बुधबार भएको पहिलो खेलमा अफगानिस्तालने श्रीलंकालाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गदै अधिल्लो चरणको यात्रा तय गरेको हो । खेलको ३६ औ मिनेटमा श्रीलंकाका लागी मोहमेद फाजलले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी परेको अफगानिस्तानका लागी खेलको ५३ औ मिनेटमा अफगानिस्तानले पाएको पेनाल्टी श्रीलंका गोल रक्षकले बचाएका थिए । ६२ औ मिनेटमा अफगानिस्तानका मोहमद राफीले पहिलो गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ७६ औ मिनेटमा हारोन फाकरुद्धिनले ३० यार्डबाट गोल गरे । एक पक्षिय रहेको खेलको ८६ औ मिनेटमा हस्मातुल्लाह एम डि जानले गोल गरेपछि श्रीलंका स्तब्ध भएको थियो । जितपछि अफगानिस्तानले दुई खेलबाट ६ अंक बनाएको छ । यस अधि सम्पन्न भएको पहिलो अफगानिस्तानले भुटानलई शुन्यका विरुद्ध तिन गोल अन्तरले पराजित गरेको थियो । अब समुह चरणको अन्तिम खेलमा अफगानिस्तानले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here