खाद्य अभाव श्रृजना हुन नदिने प्रतिबद्धता

१० असोज । नेपाल खाद्य संस्थानले दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा खाद्यान्न अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।


बर्षेनी महत्वपूर्ण चाडपर्वहरूमा खाद्यान्न अभाव हुँदै आए पनि खासगरी दुर्गम जिल्लामा यसपालि त्यस्तो अवस्था आउन नदिन आवश्यक ढुवानी व्यवस्थापनको कार्यलाई अघि बढाएको संस्थानले जनाएको छ । संस्थानका कामु महाप्रबन्धक ईन्द्रप्रसाद सिटौलाले दुर्गम स्थानमा खाद्य अभाव हुन नदिन ढुवानीको प्रबन्धलाई प्रभावकारी बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘दसैँलगायतका महत्वपूर्ण चाडहरूमा दुर्गम स्थानमा खाद्यान्न अभाव नहोस् भनेर संस्थान लागिपरेको छ ।’ त्यसका लागि ठेकेदारलाई ताकेता गर्ने मात्र हैन समयमै ढुवानी नगर्ने ठेकेदारमाथि कारबाही पनि गरिन्छ ।
संस्थानले देशका २३ वटा पहाडी जिल्ला तथा आवश्यक स्थानमा खाद्यान्न ढुवानी र बिक्री वितरण गर्दै आएकामा यसपटक दाङ र झापाबाट पनि माग भइआएको जनाएको छ ।संस्थानले देशका ३८ स्थानमा खाद्यान्न ढुवानीका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...