बन्दले पूर्वी नेपालको जनजीवन प्रभावित

१३ असोज । पल्लो किराँत लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।

परिषद्ले मंसिर ४ गतेको चुनावको विरोध गर्दै धनकुटा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, सुनसरी, मोरङ र झापा जिल्ला बन्द आह्वान गरेको हो । बन्दको सामान्य प्रभाव परेको छ । धनकुटा, इलाम, पाँचथर, मोरङलगायतका जिल्लामा फाटफुट रूपमा यातायातका साधन चलेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...