मन्दीर सफा गरेर ‘तीज’ मनाए महिलाले - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मन्दीर सफा गरेर ‘तीज’ मनाए महिलाले

Share This
१६ भदौ । आम हिन्दु महिलाहरुको पर्व तीज नजिकिँदै जाँदा राजधानीका पार्टी प्यालेस र चोकचोकमा रातो सारीमा महिलाहरु नाचगान गर्र्दै भड्किलो तरीकाले तीज मनाइरहेका बेलामा राजधानीमै बस्दै आएका केही महिलाहरुले भने मन्दीर सरसफाई गरी शुभकामना आदानप्रदान गर्दै तीज मनाएका छन् ।
विभिन्न पेशा गर्दै राजधानीमा बस्दै आएका खोटांग जिल्लाको ऐंसेलुखर्कका महिलाहरुको संस्था ऐंसेलुखर्क सेवा समाज अन्तर्गतको महिला समूहले राजधानीको चोभारस्थित जलविनायक मन्दीरमा आफ्ना पति तथा परिवारका सदस्यहरुको दीर्घायुको कामना गर्दै तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

समाजकी अध्यक्ष लक्ष्मी राजधण्डारीको नेतृत्वमा गएको २७ जना महिला सदस्यहरुले मन्दीर तथा मन्दीर परिसरको सरसफाई गरेका थिए । उनीहरुले मन्दीरमा वालिएको दियो (वत्ति) राख्ने पालादेखि त्यहाँ चढाइएको फूलपाती र प्रसादको समेत व्यवस्थापन गरेका थिए । उनीहरुलाई मन्दीरका पुजारी तथा स्थानीय मन्दीर व्यवस्थापन समितिका पदाधिकारीहरुले पनि सघाएका थिए । मन्दीर सरसफाईपछि उनीहरुले आफैले घरबाट बनाएरलगेको खाना बाँडचुँड गरि खाएर रमाइलो गरेका थिए ।

तीज मनाउने भनेको परम्परादेखि चल्दै आएको नेपाली संस्कृतिको संरक्षण गर्नु हो, यसै अवसरमा मन्दीरको सरसफाइ गर्दै शुभकामना आदानप्रदान गर्दा संस्कृति रसम्पदा दुवैको संरक्षण हुन्छ, खोटांग ऐंसेलुखर्क घर भई भक्तपुरको एभरेस्ट इंगलिस स्कुलको संस्थापक प्रिन्सिपल रहेका भक्त राजभण्डारीले भने । उनीहरुले धर्म र संस्कृति दुबैको संरक्षण गरेको बताउँदै उनले सबैले यसो गर्नसके राजधानीका मठमन्दीर सफा हुने पनि विश्वास व्यक्त गरे । सो महिला समूहले यसअघि गतवर्ष ललितपुरको बुंगमतीस्थित कार्यविनायक मन्दीरको सरसफाई गरेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here