२५ भदौ । प्रवेशिका पूरक परीक्षामा अनुत्तीर्ण भएपछि बाँके जिल्ला फत्तेपुर–९ की एक किशोरीले सोमबार अपराह्न आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपालगन्ज–१२ शान्तिनगरमा डेरा गरी बस्ने किशोरी हीरा चौधरीले कोठामा पासो लगाई आत्महत्या गरेकी हुन् । पूरक परीक्षामा उत्तीर्ण हुने विश्वासका साथ स्थानीय आदर्श उच्च माविमा दस जोड दुई पढ्न थालेकी चौधरीले परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गरेको हुन सक्ने परिवारका सदस्यहरूले जनाएका छन् ।
यसैबीच, पश्चिम बाग्लुङ गलकोटमा पनि पूरक परीक्षामा फेल भएपछि एक छात्राले आत्महत्या गरेकी छिन् । गलकोट उच्च माविबाट एसएलसी परीक्षा दिएकी हटिया गाविस ४ स्याँहालकी २० बर्षिया मञ्जु पन्तले गएराति आत्महत्या गरेकी हुन् । गत चैतमा सम्पन्न एसएलसी परीक्षामा पन्त गणित र बिज्ञान बिषयमा अनुत्तीर्ण भएकी थिइन् । उनले आफ्नै कोठामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पूरकमा पनि फेल भएपछि दुई किशोरीद्वारा आत्महत्या
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment