तीर्थ यात्री बोकेको मिनि ट्रक दुर्घटना, २ जनाको मृत्यु

३० भदौ । रसुवाको गत्लाङमा तीर्थ यात्री बोकेको मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

गल्ताङबाट धादिङ जाँदै गरेको बा.२ ख २९५६ मिनि ट्रक दुर्घटना भएको हो । दुर्घटनामा गत्लाङ–५ की ५५ वर्षीया रिम्जेन छोमो तामाङ् र ६५ वर्षीया नाग्त्री तामाङ्को मृत्यु भएको हो । दुर्घटनामा घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको प्रहरी चौकी थाम्बुचेतका प्रहरी नायव निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहुनेमा अधिकांश बृद्ध र महिलाहरु रहेका छन् । गत्लाङ–५ बाट धादिङको सेरतुङको सिङ्लामा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सडकबाट पाँचसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...