चिनियाँ कम्युनिष्ट पार्टीका एक नेतालाई जन्मकैद

६ असोज । चीनको एक अदालतले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य बो शिलाई जन्मकैदको सजाय सुनाएको छ ।

भ्रष्टाचार, घुस तथा सत्ताको दुरुपयोग गरेको भन्दै जिनान अदालतले शिलाई आजीवन काराबासको सजाय सुनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीविरुद्धको मुद्दामाथि ४ दिनसम्म अदालतमा बहस भएको थियो । बो शिले चोङकिङ सहरबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...