एम्बुसमा परी ८७ जनाको ज्यान गयो

४ असोज । नाइजेरियामा विद्रोही समूह बोको हरामले थापेको विद्युतीय धरापमा परी ८७ जनाको ज्यान गएको छ ।


नाइजेरियाको उत्तर पूर्वी बोर्नो राज्यमा गराइएको विद्युतीय धरापमा उनीहरु मारिएका बीबीसीले जनाएको छ ।
सेनाको पोशाकमा रहेका उनीहरुले नक्कली चेकपोइन्ट बनाई आक्रमण गरेका हुन् । नाइजेरियालाई इस्लामिक राज्य घोषणा गर्न माग गर्दै अतिवादी समूह बोको हरामले सन् २००९ देखि सशस्त्र संघर्ष गर्दै आएको छ ।

उत्तरपूर्वी बोर्नो राज्यमा गत मे महिनादेखि सञ्चार सम्पर्क विच्छेद भएको छ भने यीसहितका तीन अति प्रभावित राज्यहरुमा संकटकाल जारी छ ।

यी राज्यहरुमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएपनि विद्रोह मत्थर भएको छै्रन । सरकारी सुरक्षाकर्मीलाई सहयोग गर्न स्थानीय युवाहरुले प्रतिकार समूह गठन गरेका छन् ।

पछिल्लो समय यीनै प्रतिकार समूह विद्रोहीको निशानामा पर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...