चुनावमा सहभागी हुन माओवादीलाई आग्रह

१२ असोज । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा–माओवादीलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

जनकपुरमा शनिबार भएको कार्यक्रममा अध्यक्ष यादवले नेकपा–माओवादीलाई चुनावमा सहभागी हुन आग्रह गर्दै विरोधमा उत्रिए जनता चुप लागेर नबस्नेसमेत चेतावनी दिनुभयो । चुनावलाई लिएर जनता उत्साहित भएका बेला विवाद झिकेर चुनाव नभाड्न नेकपा–माओवादीलगायत साना दललाई आग्रह गर्नुभयो ।
त्यसैगरी धनुषाको जटहीमा शनिबार भएको अर्को कार्यक्रममा मधेश राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष शरत् सिंह भण्डारीले चुनावमा सहभागी नभए नेकपा–माओवादी समाप्त हुने चेतावनी दिनुभएको छ ।

जनयुद्धबाट आएको शक्तिलाई चुनावमा समेटेर नलगिए देशमा स्थायित्व आउन नसक्नेसमेत उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...