चुनावमा १० प्रतिशत कानुन व्यवसायीको सहभागिता गराउन माग

३ असोज । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनले संविधानसभा चुनावमा १० प्रतिशत कानुन व्यवसायीको सहभागिता गराउन माग गरेको छ ।

विहीबार विहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै एशोसियशनले पार्टी निकटका कानुन व्यवसायीलाई प्रत्यक्ष्ँ र समानुपतिक दुवैतर्फ १० प्रतिशत सहभागी गराउनुपर्ने माग गरेका हुन् । जवाफमा सभापति कोइरालाले यस विषयमा जिल्ला तहबाट आएका सिफारिसका आधारमा सहभागिता गराउन सकिने आश्वासन दिनुभयो । एशोसियशनले १० प्रतिशतमध्ये ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गराउने विषयमा पार्टीभित्र छलफल गर्न पनि आग्रह गरेको छ । देशभरबाट उम्मेद्वार सिफारिस भइरहेका बेला एशोयिसनले पनि आफ्नो सहभागिताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...