६ असोज । ललितपुरको सातदोबाटो चोकमा आकाशे पुल बनाइने भएको छ ।
कलङ्कीमा जस्तै अत्यन्त धेरै सवारी चाप हुने सातदोबाटो चोकमा पैदल यात्रीलाई बाटो काट्न मुस्किल परिरहेको अवस्थालाई मध्यनजर गरी आकाशे पुल बनाउने योजना राखिएको डिभिजन सडक कार्यालय ललितपुरका डिभिजन प्रमुख इञ्जिनियर आयोध्याप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
चीन सरकारको सहयोगमा काठमाडौँको कोटेश्वरदेखि ललितपुरको बालकुमारी, सानेपा हुँदै कलङ्कीसम्म निर्माण गर्न लागिएको १० किलोमिटर सडकखण्डअन्तर्गत सातदोबाटोमा आकाशे पुल बनाइने भएको हो ।
चीनका तत्कालीन प्रधानमन्त्री बेन जियावाओको दुई वर्षअघि भएको नेपाल भ्रमणको समयमा चीनले नेपाललाई विभिन्न आठवटा विकास सहयोग गर्ने सम्झौताअनुसार चक्रपथ विस्तारका लागि तीन अर्ब ७० करोड प्राप्त भएपछि चीनको साङ्घाई कन्स्ट्रक्सन कम्पनीले कोटेश्वर–कलङ्की सडक विस्तारको काम थालिसकेको छ ।
दायाँ–बायाँ दुईवटा साइकल लेनसहित १० लेन बनाइने सडक आगामी तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । यस सडकमा आकाशे पुलको योजना सातदोबाटोमा मात्र राखिएको छ भने बल्खुमा ओभरफ्लाई क्रसिङ रोड डिजाइनमा परेको छ ।
सुरुमा कोटेश्वर–कलङ्की सडक विस्तारको काम चल्दै गर्दा प्रभावकारिताको आधारमा पूरै २७ किलोमिटर चक्रपथ विस्तारमा सहयोग गर्ने चीन सरकारबाट आश्वासन प्राप्त भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सातदोबाटो चोकमा आकाशे पुल बनाइँने
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment