२० भदौ । आज भाद्रकृष्ण औंशी अर्थात् बुबाको मुख हेर्ने दिन ।

सनातन धर्माबलम्बीहरू आफ्ना बुबाको सम्मान गर्दै यो पर्व मनाउँदैछन् । छोराछोरीले मीठामीठा खानेकुरा र लुगाफाटो सहित आज आफ्ना बुबाको मुख हेर्ने गर्दछन् ।
बाबु नहुनेहरू भने पवित्र तीर्थमा गएर आफ्ना दिवंगत बाबुको सम्झनामा तर्पण र श्राद्ध गर्दछन् । यसै अवसरमा काठमाडौंको गाकर्णमा श्राद्ध गर्नेको घुइँचो लागेको छ ।
कुशेऔंशी पनि भनिने आज ब्राह्मण पुरोहितहरूबाट घरघरमा कुश भित्र्याइँदै छ ।
यसरी भित्र्याइएको कुश वर्षभरि पर्ने देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने चलन छ । कुशले वर्षदिनभरि घरको रक्षा गर्दछ भन्ने विश्वास रहेको छ ।

आजै नेपाली साहित्यका युवाकवि मोतीराम भट्टको जन्मजयन्ती । मुलुक र मुलुकबाहिर समेत विभिन्न कार्यक्रममार्फत नेपाली साहित्यमा मोतीरामले दिएको योगदानको सम्झना गरिँदैछ ।

No comments:
Post a Comment