अग्रिम टिकट बुकिङ व्यवस्थित भएको यात्रुको ठम्याई

११ असोज । दशैलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बुकिङ विगतका वर्षमाभन्दा यस वर्ष व्यवस्थित भएको यात्रुहरुले महसुस गरेका छन् ।

विगत वर्षमा जस्तो यसवर्ष बस टिकट बुकिङ अव्यवस्थित नभएको र टिकटमा कालो बजारी पनि कम भएको यात्रुहरुले बताएका छन् । यसवर्ष सजिलै बसको टिकट पाएको अधिकांश यात्रुहरुको भनाइ छ । टिकटमा हुने कालोबजारी, अव्यवस्था जस्ता विषय पटक–पटक सञ्चारमाध्यममा आएकाले यस वष यात्रु सुविधालाई मध्यजनर गर्दै टिकटलाई व्यवस्थित गरिएको यातायात व्यवासायीले बताएका छन् । अग्रिम टिकट बुकिङ अन्तर्गत हालसम्म करिब ६० लाख रुपैँयाको बस टिकट बिक्री भइसकेको संयुक्त यातायात सञ्चालक समिति कार्यालयका प्रमुख राजु बाँडाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...