प्रधानसेनापति भारत प्रस्थान

१३ असोज । प्रधानसेनापति गौरवशमशेर राणा सप्ताहव्यापी भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्नुभएको छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणँमा प्रधानसेनापति राणा साताव्यापी भ्रमणमा जानुभएको हो । प्रधानसेनापति राणालाई बलाधिकृत रथी नेत्रबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

भ्रमणले नेपाल र भारतबीचको सैनिक सहयोगको क्षेत्रका अलावा दुई देशबीचको अन्य आपसी हितमा समेत योगदान पुग्ने सेनाले जनाएको छ । प्रधानसेनापति राणासँग उपरथी भिक्टर राणा, सहायक रथी सुरेश शर्मा लगाएत पाँच सदस्यीय टोली भारत भ्रमणमा गएको छ । राणाले आङ्खना समकक्षीका साथै भारतीय रक्षामन्त्री र रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग समेत भेटघाट गर्नेछन् । भ्रमणका क्रममा सैन्य सहयोगबारे पनि कुरा हुने सेनाले जनाएको छ । प्रधानसेनापति राणा असोज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...