एसओएसका वालवालिकासंग रमाउँदै कलाकारहरु

बलराम प्यासी
भदौ । सँधै सुटिंगमा यता र उता दौडिराख्नुपर्ने हाँस्यकलाकारहरु वालदिवसको अवसरमा भने सानोठिमी भक्तपुरस्थित एसओएस वालग्राममा आश्रीत छोराछोरी र त्यहाँका आमा, काकीहरुसंग रमाइलो गर्न व्यस्त देखिए । उनीहरुले वालग्रामका वालवालिकाहरुसंग ३ घण्टा संगै बसेर रमाइलो गरेका थिए ।

वरिष्ठ हाँस्य कलाकार बसुन्धरा भुषाल, चर्चित हाँस्य टेलिसिरियलकी कलाकार दिपाश्री निरौला तथा कविता शर्मा शनिबार सानोठिमी एसओएस वालग्राम सानोठिमीका १६ वटै घरका वालवालिकाहरुसंग रमाए । त्यति मात्रै नभई बालग्रामको ३ न घर ‘पद्य’ मा गएर चिया नै पिए । यसका साथै दिपाश्री निरौला र कविता शर्माले त एसओएस वालग्रामद्धारा सोही वालग्राम परिसरमा सञ्चालित एसओएस हर्मन माइनर स्कुलको पनि अवलोकन गरे ।
उनीहरुलाई वालग्रामको सानोठिमीका निर्देशक खगेन्द्र नेपाल तथा श्रीमती ज्योतिप्रभा नेपालले वालग्रामको अवधारणा, त्यहाँ बस्ने वालवालिका, उनीहरुलाई रेखदेख गर्ने आमा तथा काकीहरुको बारेमा बताएका थिए भने हर्मन माइनर स्कुलका प्राचार्य शंकरप्रसाद पौडेलले विद्यालयको गतिविधिबारे जानकारी गराएका थिए । वालदिवसको अवसरमा सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत उनीहरु वालवालिकाहरुसंग हातेमालो गर्दै उनीहरुलाई खुसी वाँड्न बालग्राम आएका थिए । वालग्रामका १६ वटा घरमा हाल १६० जना वालवालिका, १६ जना आमा तथा त्यतिनै जना काकीहरु आश्रीत छन् ।
वालदिवसको अवसरमा वालग्राम सानोठिमीको आमा क्लबद्धारा आयोजित सांस्कृतिक कार्यक्रमको वरिष्ठ हाँस्य कलाकार बसुन्धरा भुषालले उद्घाटन गर्दै वालग्राममा हुर्केका वालवालिकाहरु सही ठाउँमा हुर्केको मात्रै नभई उनीहरुको भविष्य पनि उज्ज्वल रहेको बताइन भने हाँस्य कलाकार दिपाश्री निरौलाले आफु पनि एसओएस वालग्रामको सदस्य बन्न इच्छुक रहेको बताईन । उनले आफ्नो क्यारियर २०४० सालको वालदिवसकै अवसरमा शुरु भएको पनि बताइन् । कार्यक्रममा बालग्रामका आमाहरुले सांस्कृतिक कार्यक्रम देखाएका थिए । वालविदसकै अवसरमा वालग्राम सानोठिमीले शनिबार विहान वालअधिकारबारेको प्लेकार्डसहित सानोठिमीलगायतको क्षेत्रमा प्रभातफेरी निकालेको थियो ।
त्यस अवसरमा एसओएस वालग्रामका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्ग, हर्मन माइनर उमाविका प्राचार्य शंकरप्रसाद पौडेल, वालग्रामको सानोठिमीका निर्देशक खगेन्द्र नेपाल, वालग्रामकै परामर्शदाता सुरज अर्याल लगायतले वालदिवस र एसओएस वालग्राममा हुर्केका वालवालिकाहरुको भविष्यबारे चर्चा परिर्चा गरे । कार्यक्रममा व्यवासयी अमृता ज्ञवालीले वालग्रामलाई ११ हजार आर्थिक सहयोग प्रदान गरिन भने अर्कँ व्यवसायी सुरेन्द्र अग्रवालले वालग्रामका सबै वालवालिकालाई वालदिवसको अवसरमा मिठाई वितरण गरे ।
यसअघि गत महिना वरिष्ठ चलचित्र अभिनेता राजेश हमाल पनि एसओएस वालग्राम सानोठिमीमा आएर वालवालिकाहरुसंग अन्तरसंवाद गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...