पक्राउ परेका कर्मचारीको आयल निगमबाट बचाउ

९ असोज । नेपाल आयल निगमका तीनवटै ट्रेड युनियनले बोनस वितरण गरेको आरोपमा अख्तियारको छानविनमा परेका उच्च अधिकारीको बचाउ गरेका छन् ।

आयोगमा बुधबार पत्रकार सम्मेलन गरी तीनवटै ट्रेड युनियनले नेपालको बोनस ऐन २०३० को दफा पाँच बमोजिम नियमसंगत तरिकाले बोनस वितरण भएको भन्दै उच्च अधिकारीहरुको बचाउ गरेका हुन् ।

उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, अर्थ विभागका निर्देशक नगेन्द्रप्रसाद शाह र प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्र प्रसाद काफ्लेलाई गिरफ्तार गरेको प्रति भत्र्सना समेत गरेको छ । ट्रेड यूनियनहरुमा नेपाल आयल निगम कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन, स्वतन्त्र कर्मचारी युनियन रहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...