रासायनिक हतियार नष्ट गर्ने सहमति

१२ असोज । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले सिरियामा भण्डार गरिएका रासायनिक हतियार नष्ट गर्न सहमति दिएका छन् ।

१५ सदसीय सुरक्षा परिषद्ले यो निर्णय गरेको हो । सहमतिमा सिरियाले निर्णय पालना नगरे पनि आक्रमणका लागि भने स्वीकृति दिइएको छैन । अमेरिका र रसियाले यस विषयमा लामो छलफल गरे पनि निष्कर्ष नआएपछि शुक्रबार सुरक्षा परिषद्मा मतदान नै गरी निर्णय लिइएको हो । संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले यो निर्णयलाई ऐतिहासिक कदम भनेका छन् । महासचिव वानले सिरियामा जारी हिंसा बन्द गर्न आग्रह पनि गरेका छन् । परिषद्मा सदस्य रहेका पश्चिमा राष्ट्र सिरियामाथि सैन्य कारबाहीको पक्षमा भएपनि रूस र चीन भने विपक्षमा छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...