अमेरिका र रुसबीच भएको सम्झौताको ओबामाबाट स्वागत

३० भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरिया मामिलाबारे अमेरिका र रुसबीच भएको सम्झौताको स्वागत गरेका छन् ।

दुई देशबीच शनिबार भएको सम्झौताबारे आफ्नै कार्यालय ह्वाइटहाउसमा पत्रकारहरुसँग ओबामाले सिरियाले आफना जनतासँग उदार नीति अपनाउने विश्वास व्यक्त गरे । रुसले सिरिया मामिलामा देखाएको नरम नीतिको स्वागत गर्दै ओबामाले अब अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनु नपर्ने बताए ।

सिरियाली राष्ट्रपति बहार अल असादको सत्ताले हालै विपक्षीविरुद्ध रासायनिक हतियार प्रयोग गरेकोमा अमेरिका सैन्य हस्तक्षेपको पक्षमा देखिएको थियो । यसको विरोधमा रहेको रुसले पछिल्लो सहमतिमार्फत् सिरियाको रासायनिक हतियार नष्ट गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

अमेरिका र रुसबीचको सम्झौताप्रति सिरियाली जनताले केही हदसम्म राहत महसुस गरेको खबर छ । असदको सत्ताविरुद्ध दुई बर्षदेखि संघर्षरत प्रदर्शनकारी रासायनिक हतियारको शिकार भैरहेका बेला यो सम्झौताले केही हदसम्म राहत दिने बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...