सैनिक संरचना ध्वस्त पार्न खोजेको गजुरेलको आरोप

१२ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले ठूला दलले चुनावको नाममा सैनिक संरचना ध्वस्त पार्न खोजेको आरोप लगाउनुभएको छ ।

राष्ट्रवादी केन्द्रले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उपाध्यक्ष गजुरेलले चार दलले एकपछि अर्को षड्यन्त्र गर्दै चुनावमा सेना परिचालनको बहानामा मुलुकको सैनिक संरचना ध्वस्त पार्न खोजेको आरोप लगाउनुभएको हो । ठूला दल संविधान, न्यायालय हुँदै अब सेनालाई सखाप पार्ने खेलमा लागेको उहाँको आरोप छ ।
उपाध्यक्ष गजुरेलले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईले पटक–पटक राष्ट्रियता विरुद्ध षड्यन्त्र गरेको आरोपसमेत लगाउनुभयो । उहाँले राष्ट्रियता अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको भन्दै राष्ट्रियता बचाउन राष्ट्रवादी शक्तिहरूले मोर्चाबन्दी गरेर ठूला दलको अराजकता विरुद्ध लड्नुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...