सुनको भाउ घट्यो

२६ भदौ । बुधबार सुनचाँदीको भाउ ओरालो लागेको छ । सुनको भाउ बुधबार तोलामा ४ सय ९७ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ५७ हजार ५ सय ३ रुपैयाँ तोकेको छ । मंगलबार छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ पछिल्ला दिनमा निरन्तर ओरालो लागिरहेको छ ।

बुधबार तेजाबी सुनको भाउ पनि तोलामा ४ सय ९७ रुपैयाँ घटेर ५७ हजार २ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरि, चाँदीको भाउ पनि बुधबार तोलामा १४ रुपैयाँ घटेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...