अफगानिस्तानको काबुलमा सेना विरुद्ध प्रदर्शन

१४ असोज । अफगानिस्तानमा अमेरिकी सेनाको आक्रमणको विरोध गर्दै राजधानी काबुलमा प्रदर्शन भएको छ ।

अफगानिस्तानबाट तत्काल अमेरिकी सैनिक फिर्ता लैजान माग गर्दै हजारौ अफगानीले प्रदर्शनकारी गरेका छन् । उनीहरूले अमेरिकी सेनाले निर्दोष अफगानीमाथि आक्रमण गर्ने गरेको आरोप लगाउँदै अमेरिकाविरुद्ध नारा लगाएका छन् ।

अमेरिकी सेनाको आक्रमणका कारण हजारौं अफगानी नागरिकको ज्यान गएको उनीहरूको दाबी छ । अमेरिकी सेनाले अफगानी नागरिकको अपहरण, यातना र हत्यामा संलग्न रहेको प्रमाण आफूसँग रहेको अफगानी अधिकारीले जनाएका छन् । तर, अमेरिकाले आक्रमणमा तालिवानी लडाकुको मात्र मृत्यु भएको दाबी गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...