रियल म्याड्रिड एथ्लेटीको म्याड्रिडसँग पराजित

१३ असोज । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड एथ्लेटीको म्याड्रिडसँग पराजित भएको छ ।
घरेलु मैदान सान्टिएगोमा भएको खेलमा रियल म्याड्रिड एथ्लेटीको म्याड्रिडसँग एक–शून्य गोलअन्तरले पराजित भएको हो ।

एथ्लेटीको म्याड्रिडले ला लिगा फुटबलमा १४ वर्Èपछि पहिलो पटक रियललाई पराजित गरेको हो । ला लिगामा एल्थेटीकोले यसअघि सन् १९९९ मा रियल म्याड्रिडलाई पराजित गरेको थियो । त्यस्तै, रियल म्याड्रिडले सन् २०११ डिसेम्बरपछि पहिलो पटक घरेलु मैदानमा हार व्यहारेको छ ।
एथ्लेटीको म्याड्रिडका लागि खेलको ११ औ मिनेटमा डियगो कोस्टाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । त्यस्तै, गएराति नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन बासिर्लोनाले लगातार सातौं जित हात पारेको छ । बासिर्लोनाले अल्मारियालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्न सफल भएको हो । अल्मारियाको घरेलु मैदानमा भएको खेलमा बासिर्लोनाले २१ औं मिनेटमा लिओनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो ।

ला लिगामा मेस्सीको यो सिजनको आठौं गोल हो । खेलको ६५ औं मिनेटमा एड्रिनोले बासिर्लोनाको जित सुनिश्चित गरे । उनले सेस फेब्रिगासको पासमा गोल गरेका थिए । जितपछि बार्सिलोना २१ अंक सहित लिगको शीर्ष स्थानमा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...