चुनावमा शसक्त प्रतिकार गर्ने ३३ दलीय मोर्चाको चेतावनी

७ असोज । नेकपा—माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले आगामी मंसिर ४ मा हुने चुनावको शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

३३ दलीय मोर्चाको काठमाडौको खुल्लामञ्चमा सोमबार भएको विरोध सभामा मोर्चाका नेताहरुले चुनाव गरेर देखाउन सरकारलाई चुनौती दिए । विदेशीको दबाबमा ३३ दललाई बाहिर राखेर चुनाव गर्न लागिएको नेताहरुको भनाई छ । विरोध सभामा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले ३३ दलिय मोर्चा लोकतन्त्र र चुनावको बिरोधी नभएको भन्दै राष्ट्रियता र स्वाधिनता समाप्त पार्ने षड्यन्त्रका बिरुद्ध आन्दोलन आवश्यक भएको बताउनुभयो । नेपाललाई सिक्किमिकरण गर्ने विदेशी योजनाबाट रचिएको चुनाव कुनैपनि हालतमा हुन नदिने अध्यक्ष बैद्यको भनाई छ । उहाँले राष्ट्रपति डाक्टर रामबरण यादव समेत विदेशीका सामु झुकेकाले सहमति हुन नसकेको आरोप लगाउनुभयोे । राष्ट्रियता, जनजिविका र जनगणतन्त्रका लागि निरन्तर संघर्ष गर्न तयार रहेको माओवादी अध्यक्ष बैद्यको भनाई थियो । विरोध सभामा ३३ दलिय घटकका नेताहरुले शान्तिपूर्ण आन्दोलन र चुनाव बहिष्कारमा बल प्रयोग भए दोस्रो जनयुद्धको गर्ने चेतावनी दिएका थिए । नेकपा—माओवादी नेतृत्वको ३३ दलीय मोर्चा ११ बुदे राजनीतिक सहमति, २५ बुदे बाधा अड्काउ र ग्रैह राजनीतिक सरकार असंबैधानिक भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...