राजनीतिक अस्थिरताका कारण लगानी मैत्री बातावरण बन्न सकेन

४ असोज । उद्योगी व्यवसायीहरुले राजनीतिक अस्थिरताका कारण लगानी मैत्री वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।


ललितपुरमा शुक्रबार शुरु भएको ललितपुर उद्योग वाणिज्य संघको ३४ औं साधारणसभामा सहभागी उद्योगी व्यवसायीले लगानीमैत्री वातावरण नबन्नुको मुख्य कारण राजनीतिक अस्थिरता भएको गुनासो गरेका हुन् । उनीहरुले उद्योग व्यवसायलाई धरासायी हुनबाट बचाउन सरकार र राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए । संंविधानसभाबाट संविधान जारी गरि मुलुकमा राजनीतिक स्थिरता कायम गर्न उनीहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले नाफा कमाउने मात्र नभई उद्योगी तथा व्यवसायीहरुको सामाजिक उत्तरदायित्व पनि भएको बताउनुभयो । दुई दिनसम्म चल्ने साधारणसभाले नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ कार्य समितिको लागि वर्तमान अध्यक्ष अजरमान जोशी र कृष्णलाल महर्जनको प्यानल प्रतिस्पर्धामा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...