नेकपा–माओवादीबाट जग्गा कब्जा

२८ भदौ । नेकपा–माओवादीका कार्यकर्ताले काभ्रेका विभिन्न स्थानको ५ सय रोपनी जग्गा कब्जा गरेको छ ।

नेकपा–माओवादीका कार्यकर्ताले चण्डेनी, मण्डन, वालुवा, ५२ किलो लगायतका सथानको झण्डै ५ सय रोपनी जग्गा कब्जा गरेको नेकपा–माओवादीका केन्द्रीय सदस्य चुडामणि गौतमले जानकारी दिनुभयो । माओवादीले कब्जा गरेको वालुवा गाविस, आँपघारी र कर्केटारको जग्गा राणा परिवारको नाममा छ । गौतमले युद्धकालमा कब्जामा राखेको जग्गा एमाओवादीले विक्रि गर्न थालेपछि त्यसको रक्षाको लागि कब्जा गरेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...