लैगिक तथा समावेशीकरण नीति सार्वजनिक

७ असोज । निर्वाचन आयोगले लैगिक तथा समावेशीकरण नीति–२०७० सार्वजनिक गरेको छ ।

आयोगले सोमबार काठमाडौंमा कार्यक्रम गरी निर्वाचनमा सबै वर्ग, क्षेत्र, लिंग र समुदायको समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि लैंगिक तथा समावेशीकरण नीति ल्याएको हो । नीति सार्वजनिक गर्दै प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले मंसिरको चारको चुनावले समावेशीकरणमा अलि बढी योगदान गर्ने दाबी गर्नुभयो । यसअघिको चुनावमा पनि समावेशीकरणका अभ्यास भएपनि आयोगले नीति भने ल्याएको थिएन । यो नीतिले राजनीतिक दलहरूलाई प्रत्यक्ष तथा समानुपातिक तर्फ महिला तथा अन्य क्षेत्रलाई दिइएको आरक्षण कोटा बढाउँदै लैजान बाध्य पार्नेछ । त्यस्तै, निर्वाचनसम्बन्धी सम्पूर्ण कानुन, नियम र निर्देशिका लैंगिक मैत्री बनाइने, मतदाताको अभिलेखलाई लैंगिक दृष्टिबाट विश्लेषण गर्ने र महिला तथा तेस्रोलिंगीका आवश्यकता नीति तथा कार्यक्रमबाट नै सम्बोधन गर्ने लक्ष्य यो नीतिले लिएको छ । त्यसैगरी, समावेशीकरण नीतिले निर्वाचन क्षेत्रमा खटिने महिला कर्मचारी तथा स्वयंसेवकको संख्या पनि ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । अब महिला, मधेशी, आदिवासी जनजाति, दलित, उत्पीडितलगायतका समुदायको खण्डीकृत अभिलेख तयार पारिनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...