विद्यार्थी संगठनबीच झडप, ६ घाइते

१० असोज । लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा बुधबार राती अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणमा परी नेपाल विद्यार्थी संघका ६ जना कार्यकर्ता घाइते भएका छन् ।

क्याम्पसको होस्टेलमा सुतिरहेको अवस्थामा खुकुरी, रड र लाठीसहित पुगेका अखिल क्रान्तिकारीका कार्यकर्ताले नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुमाथि आक्रमण गरेका हुन् ।
आक्रमणबाट नेपाल विद्यार्थी संघ लमजुङ कृषि क्याम्पसका सभापति प्रदीपराज पौडेलसहित मेघराज पौडेल, मुक्ती चालिसे, दिपेन्द्र अर्याल, हरिश भुजुलगायतका विद्यार्थी गम्भीर घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ । अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले विनाकारण आफूहरुमाथि आक्रमण गरेको नेविसंघका विद्यार्थीहरुले आरोप लगाएका छन् ।
सहकर्मीमाथि आक्रमणको विरोधमा अहिले नेविसंघले लमजुङ बजार बन्द गराएको छ । बन्दका कारण लमजुङमा गाडी चल्न सकेका छैनन् भने बजार र पसल पनि बन्द छ । विभिन्न ठाउँबाट लमजुङ छिर्ने यातायातका साधन डुम्रेको पाउँदीमा रोकिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...