लोकगायक तीर्थबहादुर गन्धर्वको निधन

२८ भदौ । वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ ।
विहीबार राती दुईबजे सैनिक अस्पताल छाउनी काठमाडौंमा उहाँको निधन भएको हो । तीर्थबहादुर उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई केहीबेरपछि प्रज्ञा भवन कमलादीमा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने तयारी भएको उहाँका ज्वाईं राजेन्द्र गन्धर्वले जानकारी दिनुभयो ।

विक्रम संवत २०१० सालमा तनहुँ चोकचिसापानीमा जन्मनुभएका तीर्थबहादुरले ३२ वर्षसम्म रेडियो नेपालमा गायन तथा वाद्यवादनको काम गर्नुभएको थियो । उहाँका बल्ल पर्‍यो निरमाया माकुरी जालैमा, वनको भलाए, आइएम सरी, ।। लगायतका कर्खा गीत निकै चर्चित छन् ।

उहाँले झण्डै डेढसय गीत गाउनुभएको छ । बाबुबाजेले गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा तीर्थबहादुर सानै उमेरदेखि गीत गाउन गाउँघर डुल्ने गर्नुहुन्थ्यो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...