खानेपानी उद्योगमा शिलबन्दी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

खानेपानी उद्योगमा शिलबन्दी

Share This
१९ भदौ । नुवाकोटस्थित दुई खानेपानी उद्योगमा जिल्ला प्रशासनले शिलबन्दी गरेको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभागको निर्देशनमा प्रशासनले जाल्पा फ्रेस डिं«किङ वाटर कम्पनी र सूर्यकुण्ड फुड एण्ड वेभरेज कम्पनीमा शिलबन्दी गरेको हो ।

विभाग र प्रशासनको बजार अनुगमन टोलीले गत असारमा लिएको नमूना परीक्षणमा दुई वटै कम्पनीबाट उत्पादित पानी अशुद्ध पाइएपछि बन्द गरिएको प्रशासनले जनाएको छ । यी दुई कम्पनीले नुवाकोट, धादिङ, काठमाडौलगायत जिल्लामा पानी बिक्री गर्दै आएका थिए । उद्योगीहरूले कमजोरी सुधार गर्ने मौका आफूहरूलाई नदिएको गुनासो गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here