नेकपा–माओवादी पनि फुट्यो

८ असोज । नेकपा–माओवादीका केन्द्रीय सदस्य महेन्द्र पासवानलगायत ३४ नेताले पार्टी परित्याग गरी ‘नेकपा–माओवादी विद्रोही समिति गठन’ गरेका छन् ।

उनीहरूले आफूहरूको १३ बुँदे असहमतिपत्रलाई पार्टीले सम्बोधन नगरेकाले पार्टी परित्याग गरी विद्रोही केन्द्रीय समिति गठन गरेको जनाएका हुन् । काठमाडौमा मंगलबार पत्रकार सम्मेलन गरी समिति संयोजक पासवानले नेकपा–माओवादी दरबारिया र संघीयता विरोधीहरूसँग साँठगाँठ गरेको आरोप लगाउनुभयो ।

उहाँले पार्टीभित्रै औपनिवेशीकरण खडा गर्न खोजिएको, राष्ट्रियताका नाममा वर्गीय र जातीय मुद्दालाई ओझेलमा पारिएको पनि आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...