मुलुक निर्वाचनमा होमिएको छः प्रचण्ड

२ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक मंसिर ४ गतेको निर्वाचनमा होमिएको बताउनुभएको छ ।

पार्टी कार्यक्रममा क्रममा सिन्धुली पुगेका अध्यक्ष दाहालले क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले गरेको पत्रकार भेटघाटमा मुलुक अब चुनावमा होमिएको बताउनुभएको हो । उच्चस्तरीय राजनीतिक समितिले चुनावको विपक्षमा रहेका नेकपा–माओवादी लगायतका दलसँग अन्तिम छलफल गरिसकेकाले मंसिरको चुनाव अब कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले नेकपा–माओवादीसहित केही दलले निर्वाचनमा अवरोध गरे उनीहरुकै लागि आत्मघाती हुन बताउनुभयो । पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता डाक्टर बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायत पनि सिन्धुली पुग्नुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...