जनमोर्चाबीच संगठनात्मक रुपमा एकता

८ असोज । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल र काजिलाल बाइवा नेतृत्वको संयुक्त जनमोर्चा नेपाल संगठनात्मक रूपमा एक भएको छ ।

दुवै दलले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी संघीयतारहित संविधान र सार्वभौमिकताको संरक्षण गर्न संयुक्त जनमोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल एक भएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले तोकिएकै समयमा चुनाव सम्पन्न नभए देश द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो । चुनाव असफल भए यसको जिम्मेवारी प्रमुख दलले लिनुपर्ने उहाँको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...