चुनावी तयारीका विषयमा रेग्मी र खनालबीच छलफल

काठमाडौँ, ५ असोज । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका संयोजक एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच चुनावी तयारीका विषयमा छलफल भएको छ ।

रेग्मीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको वातावरण निर्माणमा सरकार र दलहरुको तयारीका विषयमा छलफल भएको छ । यस्तै चुनावी प्रक्रियाप्रति असन्तुष्ट दलहरुलाई समेत संविधानसभा चुनावमा सहभागी गराउने लगायतका विÈयमा छलफल भएको थियो । यसैगरी सार्क महासचिव, विभिन्न कुटनीतिक नियोग, राष्ट्रिय मानवअधिकार आयोगलगायत अन्य संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिबारे पनि छलफल भएको खनालको निजी सचिवालयले जनाएको छ । भेटमा संविधानसभाको चुनाव तोकिएकै मितिमा सम्पन्न गराउन सरकार पूर्ण तयारीका साथ लागेको मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले जानकारी गराउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...