नेकपा–माओवादी चुनावमा आउने भए मिति सार्न सकिन्छ

३० भदौ । एकीकृत नेकपा माओवादीले नेकपा–माओवादी चुनावमा आउने भए एक सातासम्म मिति सार्न सकिने बताएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा भएको साप्ताहिक पत्रकार भेटघाटमा एकीकृत माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्दोलनमा रहेको नेकपा–माओवादी संविधानसभाको चुनावमा सहभागी हुने भए मंसिर ४ को चुनाव एक सातासम्म सार्न सकिने बताउनुभयो । उहाँले नेकपा–माओवादीले पोखराको बैठकमा पारित गरेको चुनाव बहिष्कार रणनीति छाडेर सर्वपदलीय बैठकमा चुनावमा जान प्रतिबद्धता जनाएकाले चुनावमा आउने सम्भावना बढेको बताउनुभयो । प्रवक्ता सापकोटाले नेकपा–माओवादीको मोर्चालाई दल दर्ता लगायतका प्रक्रियाका लागि निर्वाचन आयोगसँग छलफल गर्न सकिने बताउनुभयो । उहाँले वर्तमान सरकार चुनावका लागि मात्र गठन भएको भन्दै मंसिरपछि सरकारको औचित्य सकिने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...