चुनावकै दिन जनवादी संविधान जारी गरिन्छः चन्द

४ असोज । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संसदीय मोर्चाहरुले गर्न लागेको संविधानसभा चुनावकै दिन आफ्नो पार्टीले जनवादी संविधान जारी गर्ने चेतावनी दिनुभएको छ ।

नेकपा–माओवादी नुवाकोटले शुक्रबार सदरमुकाम विदुरमा गरेको ‘युवामार्च’ अभियानमा सचिव चन्दले चारदलीय मोर्चाले संसदीय संविधानका लागि गर्ने चुनावकै दिन जनवादी संविधान जारी गर्ने दाबी गर्नुभएको हो । उहाँले मुख्य दलहरुले २५ र ११ बुँदे सहमति मार्फत जनताले च्यातेको संविधान व्युँताउने दुष्प्रयास गरेकाले बाध्य भएर चुनावको विरोध गरेको बताउनुभयो । सचिव चन्दले जनपक्षीय संविधान निर्माणका लागि जनसत्ता, जनसेना, जनअदालत समेत विघटन गरेको स्मरण गराउँदै मंसिर चारमा आफूहरु पनि जनवादी संविधान जारी गरेर मुलुकमा नयाँ इतिहास रच्ने उद्घोष गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...