पाकिस्तानमा विष्फोटबाट ३३ जनाको मृत्यु

१३ असोज । पाकिस्तानको पेसावरको किस्सा खवानी भन्ने स्थानमा बम बिस्फोट हुँदा ३३ को मृत्यु भएको छ ।

विस्फोटमा अन्य केही मानिस घाइते भएका छन् । किस्सा खवानीको व्यस्त बजारमा विस्फोट भएको थियो । पेसावारस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी विस्फोट गराइएको थियो । तालिवानी लडाकुले केही वर्षदेखि यो क्षेत्रमा आक्रमण बढाएका छन् । पाकिस्तानमा एक साता अघि चर्चमा भएकोे आत्मघाती बिस्फोटमा ८० को ज्यान गएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...