मंसिर ४ को चुनाव नरोकिने खनालको दाबी

१० असोज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चार गतेको चुनाव कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।

पार्टी मुख्यालय बल्खुमा विहीबार भएको कार्यक्रममा अध्यक्ष खनालले चुनावको विकल्प नभएकाले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने बताउनुभएको हो । चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी बन्ने भन्दै अध्यक्ष खनालले एमालेकै नेतृत्वमा नयाँ संविधान जारी हुने दावी गर्नुभयो ।

अध्यक्ष खनालले केहीदिनभित्रै सम्पूर्ण उम्मेद्वारको टुंगो लगाउने भन्दै अध्यक्ष खनालले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशन पनि दिनुभयो । अध्यक्ष खनालले पार्टीले तोकेको उमेद्वारलाई जिताउनेगरी चुनावी माहोल बनाउन पनि कार्यकर्तालाई आग्रह गनुभयो ।

अध्यक्ष खनालले चारगतेको चुनावपछि देशमा शान्ति विकास र अग्रगमन छाउने दाबी गर्नुभयो । राजनीतिक परिवर्तन संस्थागतको लागि पनि चुनावको विकल्प नभएकाले चुनावमा सहयोग गर्नु सबै दलको दायित्व भएको दावि समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...