यूएस ओपन टेनिसको उपाधि सेरेनाले जितिन्

२४ भदौ । विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सले यूएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् ।

गएराति भएको महिला एकलतर्फको फाइनलमा सेरेनाले विश्व नम्बर दुई बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ७—५, ६—७ र ६—१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । खेलको पहिलो र अन्तिम सेटमा जित हात पारेकी सेरेना खेलको दोस्रो सेटमा भने अजारेन्कासँग पराजित भएकी थिइन् ।

पाँचौ यूएस ओपन टेनिसको उपाधि जितेकी सेरेनाको यो १७ औं ग्राण्डस्लाम हो । सेरेनाले मार्टिना नाभ्राटिलोभा र क्रिस एभेर्टको कीर्तिमानीसँग बराबरी गर्न मात्र एक ग्राण्डस्लामको उपाधिभन्दा टाढा छिन् । सर्वाधिक ग्राण्डस्लाम भने मार्गरेट कोर्टको नाममा छ । उनले २४ ग्राण्डस्लाम जितेकी छिन् । प्रतियोगिताअन्तर्गत सोमबार विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच र स्पेनका राफेल नाडालबीच उपाधि भिडन्त हुँदैछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...