हतियारधारी समुहको आक्रमणमा ६२ जनाको मृत्यु

८ असोज । केन्याको सेनाले नाइरोबी स्थित सपिङ सेन्टर हतियारधारी समूह अल शवावलबाट मुक्त गरी आफनो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

६२ जनाको ज्यान जाने गरी सोमालियाको अल शवावल समुहबाट भएको आक्रमणपछि उनीहरुकै नियन्त्रणमा रहेको सपिङ मल सेनाले आफनो कब्जामा लिएको दाबी गरेको हो । आतंकारीहरुसँगको गोली हानाहानमा तीन सेनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी समुह अल शवावको आक्रमणमा अन्य एक सय ७० जना घाइते भएका थिए ।

सपिङ मललाइ उनीहरुको कब्जाबाट मुक्त गर्न सेनालाइ करिब दुइ दिन लागेको बताइएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याताले घटनाको निन्दा गरेका छन् । आक्रमणमा उनका आफन्तहरुपनि परेको उनले बताएका छन् । सोमालियामा केन्या सेनाको उपस्थितीका बिरोधमा आक्रमण गरिएको अल शवावले जनाएको छ । सोमालियामा सन् २०११ देखि करिब चारहजार केन्याली सेना हतियारधारी समूहबिरुद्ध लडिरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...