सेरेना र अजारेन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने

२२ भदौ । डिफेन्डिङ च्याम्पियन अमेरिकी सेरेना विलियम्स र बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिस प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

गएराति भएको महिला एकलतर्फको पहिलो सेमिफाइनलमा सेरेना विलियम्सले चीनकी लिनालाई ६—० र ६—३ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भइन् । सेरेनाले लिनालाई खेलको दुवै सेटमा सहजै पराजित गरिन् । त्यस्तै, गएराति नै भएको अर्को सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्काले इटालीकी फ्लाभिया पेनेटालाई ६—४ र ६—२ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गर्न सफल भइन् ।

यसै सिजनमा भएको सिन्सीनाटी ओपन टेनिस र दोहा ओपन टेनिसको फाइनलमा अजारेन्काले सेरेनालाई हराउँदै उपाधि जित्न सफल भइन् । रोम मास्र्टस टेनिसको उपाधि भने सेरेनाले जितेकी थिइन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...