प्रेसिडेन्ट कपः थ्री स्टार समूह चरणबाटै बाहिरियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रेसिडेन्ट कपः थ्री स्टार समूह चरणबाटै बाहिरियो

Share This
१० असोज । थ्री स्टार क्लव एएफसी प्रेसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।समूह चरणको आफ्नो दोश्रो तथा अन्तिम खेलमा मंगोलियाको इर्चिम फुटबल क्लबसंग १–१ को बराबरीमा रोकिएपछि थ्री स्टार बाहिरिएको हो ।
मलेशियाको मेलकामा बुधबार भएको खेलमा इर्चिमले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता लिएको भएपनि थ्री स्टारका लागि डोडोजले अन्तिम समयमा बराबरी गोल फर्काए ।
गएको वैशाखमा काठमाडौंमा भएको प्रेसिडेन्ट कपको छनोट चरणमा थ्रीस्टारले इर्चिमलाई २–० ले हराएको थियो । यसअघि उद्घाटन खेलमा थ्रीस्टार तुर्केमेनिस्तानको बाल्कनसँग ६–० ले पराजित भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here