२५ भदौ । स्पेनी राफेल नाडालले युएस ओपन टेनिस प्रतियोगिताको उपाधी जितेको छ ।
न्युयोर्कमा गएराती भएको पुरुष एकलतर्फको फाइनल खेलमा स्पेनी राफेल नाडालले विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिचलाई ६—२, ३—६, ६—४ र ६—१ को सेटमा पराजित गदै दोस्रो पटक पनि उपाधी जितेका हुन् । खेलको पहिलो, तेस्रो र अन्तिम सेटमा जित हात पारेका नाडाल, खेलको दोस्रो सेटमा भने जोकोभिचसंग पराजित भएका थिए ।
जोकोभिचलाई पराजित गर्न नाडालले ३ घण्टा २१ मिनेट समय कोर्टमा खर्चनु परेको थियो । उपाधीसंगै नाडालले १३ ग्राण्डस्लाम जितेका छन । यस अघि सम्पन्न सेमिफाइनल खेलमा नाडालले फ्रान्सेली रिचार्ड ग्यास कुइटलाई ६—४, ७—६ र ६—२ को सेटमा तथा जोकोभिचले स्विजरल्याण्डका स्टानिसलास वावरिन्कालाई २—६, ७—६, ३—६, ६—३ र ६—४ को सेटमा पराजित गदै फाइनलको यात्रा तय गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment