आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी

४ असोज । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मंसिर चार गते निर्वाचन गर्नुको विकल्प नभएकोमा जोड दिएका छन् ।


एमाले प्रचार विभागले शुक्रबार पार्टी मूख्यालय बल्खुमा गरेको कार्यक्रममा अध्यक्ष खनालले मुलुकको लामो संक्रमणको अन्त्य निर्वाचनबाट मात्र सम्भव हुने बताए ।

मुलुकको परिस्थिति अत्यन्त जटिल र चुनौतिपूर्ण रहेको भन्दै उनले एमालेको पक्षमा माहोल बनाउन निर्देशन दिए । एमालेको प्रचार क्षेत्र कमजोर रहेको भन्दै खनालले यसलाई प्रभावकारी र सुदृढ बनाउनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले एमालेको एजेण्डालाई प्रभावकारी रुपमा जनस्तरमा पु¥याउनुपर्नेमा जोड दिए । शान्ति र लोकतन्त्रको सुदृढीकरण एमालेको पहिलो प्राथमिकता भएको भन्दै उनीहरुले असन्तुष्ट दललाई निर्वाचनमा ल्याउन अरु पार्टीभन्दा एमालेले बढी भूमिका खेलेको बताए ।
अबको संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दे नेताहरुले हिंसावादीहरु निर्वाचनबाट परास्त हुने बताए ।
कार्यक्रममा नेताहरुले एमाले प्रवेश गरेका राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनलाई पार्टीमा स्वागत गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...