चुनावका लागि सहयोग गर्न रेग्मीको आग्रह

४ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर चारको चुनावका लागि रचनात्मक सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले विश्व शान्ति दिवसका अवसरमा गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले विभिन्न संघर्षबाट प्राप्त उपलब्धि रक्षाका लागि चुनाव अनिवार्य भएको भन्दै सहभागिताका लागि सबैलाई आह्वान गर्नुभएको हो । अध्यक्ष रेग्मीले शान्ति प्रक्रियाले उत्साहप्रद सफलता प्राप्त गरेको भन्दै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्नु गौरवको विषय भएको बताउनुभयो । कार्यक्रमा शान्ति तथा पुनःनिर्माणमा मन्त्री रामकुमार श्रेष्ठले लडाकु समायोजनको काम उत्साहप्रद भएपनि पुनःनिर्माण र पुनस्थापनाका काम अझै नसकिएको बताउनुभयो । शान्ति मत्रालयका सचिव धरणीधर खतिवडाले शान्ति मन्त्रालयले अहिलेसम्म गरेका तथा गर्न लागेका कामबारे जानकारी दिनुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...