राष्ट्रियता खतरामा पर्ने गरी चुनाव गरिए हतियार उठ्छः गुरुङ

८ असोज । नेकपा–माओवादी सचिव देव गुरुडले राष्ट्रियता खतरामा पार्ने गरी मंसिर चारमा चुनाव गरिए हतियार उठाउने चेतावनी दिनुभएको छ ।

भक्तपुरमा मंगलबार भएको कार्यक्रममा सचिव गुरुङले सरकार र चार दलले भारतको इशारामा चुनाव गर्न खोजेको भन्दै जवर्जस्ती गरिए आफूहरू हतियार उठाउने बताउनुभएको हो । उहाँले यही अवस्थामा मंसिर चारको चुनाव सफल हुन नदिने दाबी पनि गर्नुभयो ।

सचिव गुरुङले पछिल्लो समयमा सरकार र प्रमुख दलहरूसँग हुन लागेको सहमति भारतीय ग्राइन्ड डिजाइनअनुसार विफल पारिएकोसमेत आरोप लगाउनुभयो । उहाँले सरकारले चुनावमा सेना परिचालन गर्ने निर्णय गरी मुलुकमा द्वन्द्व सिर्जना गर्न खोजेको पनि आरोप लगाउनुभयो । अहिलेकै अवस्थामा हुने चुनावले राष्ट्रियता कमजोर हुने ठहर गरेरै आफूहरूले बहिष्कारको नीति लिएको उहाँको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...