डलरको भाउ केहि सस्तियो

१८ भदौ । नेपालमा डलरको भाउ केही सस्तिँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलर बराबर १ सय ६ रुपैयाँ ६ पैसा तोकेको छ ।
गत साता मात्रै डलरको भाउ हालसम्मकै उच्च प्रति डलर १ सय ८ रुपैयाँ ९० पैसासम्म पुगेको थियो ।

डलर बढेको तुलनामा भने भाउ घट्न सकेको छैन् । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पर्दै आएको हो ।

विगत करिब २२ वर्षदेखि भारतीय रुपैयाँसँग स्थिर विनिमयदरका कारण भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुँदै आएको छ ।
भारतीय अर्थतन्त्रमा सुधार ल्याउन भारत सरकारले विभिन्न सुविधा घोषणा गर्दै विदेशी लगानीकर्तालाई आह्वान गर्दै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...